जोफ्रा आर्चरले दोस्रो टेस्ट गुमाउने, ५ दिन आइसोलेशनमा बस्ने

 साउन १, २०७७ बिहिबार १५:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् । 

कोरोनासम्बन्धी प्रोटोकल उल्लङ्घन गरेका कारण आर्चरलाई इङ्ग्ल्याण्डले टिमबाट बाहिर निकालेको हो । 

अब आर्चर पाँचदिन आइसोलेशनमा रहने छन् । यस क्रममा उनको दुई पटक कोरोना परीक्षण हुनेछ, परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी फेरी टिमसँग जोडिनेछन् । 

इङ्ग्ल्याण्ड क्रिकेट बोर्डकाअनुसार आर्चरले कोरोना भाइरस महामारीबाट बच्नका लागि बनाइएको जैविक सुरक्षा प्रोटोकल तोडेका थिए । 

आर्चरले पनि आफ्नो गल्ती स्वीकार्दै भनेका छन्, ‘मैले जे गरेँ, त्यसको लागि खेद प्रकट गर्न चाहन्छु । आफूमात्र नभई मैले टिमलाई नै खतरामा पारेँ । म सबैसँग इमान्दारीपूर्वक माफी माग्छु । टेस्ट खेल्न नपाउँदा मलाई दुःख लागेको छ ।’

जोफ्रा आर्चर टिमबाट बाहिरिएपछि जेम्स एण्डरसन र मार्क वुडमध्ये एक जनाले प्लेइङ ११ मा स्थान बनाउने छन् । टिम व्यवस्थापकले स्टुअर्ट ब्रडलाई पनि राख्न सक्छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया