अब यस्ता व्यक्ति नेपाल आउन पाउने

 साउन १, २०७७ बिहिबार १७:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले केही व्यक्तिलाई नेपाल आउन दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीका व्यक्तिलाई नेपाल आउन दिने निर्णय गरेको हो ।

अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाका अनुसार नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिइनेछ । 

त्यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल आउन दिइने मन्त्री खतिवडाले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Arjun Shrestha

    July 17, 2020, 2:22 a.m.

    हामी पर्यटक भिसामा आएका तर कोभिड १९ को लकडाउन का कारण आफ्नो देश नेपाल गत बैशाख मै फर्कनु पर्नेमा कहिले सम्म फर्कन पाउने हो ? जानकारी पाउने व्यवस्था होस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया