रुसी ह्याकरहरुले कोरोना खोपसम्बन्धी ‘जानकारी’ चोरिरहेका छन् ?

 साउन १, २०७७ बिहिबार २०:३८:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले रुसका ह्याकर्सहरुले कोरोनाविरुद्धको खोप विकसित गर्ने प्रयास गरिरहेका सङ्गठनलाई निसाना बनाएको बताएको छ । 

ह्याकर्सहरुले रुसको जासुसी सेवाको हिस्साको रुपमा आफ्नो काम गरिरहेको एनसीएससीले दाबी गरेको छ । 

ह्याकर्सहरुले मालवेयर (भाइरस) भाइरसको प्रयोग गरेर कोभिड–१९ को खोपसँग जोडिएको जानकारी चोर्ने कोसिस गरिरहेको बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टरले जनाएको छ । 

एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घृणित कामको संज्ञा दिएका छन् । 

बेलायत, संयुक्त राज्य अमेरिका र क्यानडाले एक संयुक्त विज्ञप्ति निकाल्दै एपीटी२९ समूह(कोजी बियर) लाई आक्रमणमा जिम्मेवार रहेको बताउँदै निश्चित रुपमा रुसको जासुसी सेवाको हिस्साको रुपमा काम गरिरहेको बताएका छन् । 

‘हामी कोरोना भाइरस महामारीविरुद्ध लड्न महत्त्वपूर्ण काम गर्नेहरुका विरुद्ध गरिएको आक्रमणको भत्र्सना गर्छाैँ’, एनसीएससीका निर्देशक चिचेस्टरले भने । 

बिहीबार अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्ससहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर ह्याक भएको थियो । 

यो बिटक्वाइन स्क्याम ह्याकिङ हो । ह्याक गरिएका एकाउण्टमा गरिएको पोस्टमा बिटक्वाइनको लागि चन्दा मागेको छ । बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा लेखिएको छ, ‘सबैले मलाई समाजलाई पहिलेकै अवस्थामा ल्याउन भनिरहेका छन् । अब त्यो समय आइसकेको छ, मलाई तपाईं एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।’ 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया