पूर्वी नवलपरासीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गयो, एक जना गम्भीर घाइते

 साउन २, २०७७ शुक्रबार ९:५२:९ | दयाराम आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नवलपरासी – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा गएराति गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

अर्का एक जना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका –२ मा पर्ने सडकखण्डमा ना ३५ प ३७७३ नम्बरको मोटरसाइकललाई बा १६ च ५०६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विनयी त्रिवेणी –४, बस्ने ४८ वर्षीय रेशम गुरुङको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले बताउनुभयो ।

यस्तै दुर्घटनामा विनयी त्रिवेणी –५, बस्ने २२ वर्षीया उर्मिला गाहा गम्भीर घाइते हुनुभएको छ । उहाँको भरतपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खाँडले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया