प्रदेश १ मा एक जना कोरोना सङ्क्रमितको ज्यान गयो

 साउन २, २०७७ शुक्रबार १२:३:३३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ मा एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ वर्षीय पुरुषको ज्यान गएको हो । उहाँ सप्तरीको राजविराज नगरपालिका–६ का भए पनि उपचार धरानमा भएको र स्वाब परीक्षण पनि धरानमै गरिएको थियो ।

मृतक भारतको विभिन्न व्यापारिक सहरमा व्यापारको लागि आउजाउ गर्ने गरेको बुझिएको छ । उहाँ प्रदेश २ का भए पनि प्रदेश १ मा उपचारको क्रममा ज्यान गएको यो पहिलो घटना हो ।

शवलाई कसरी व्यवस्थापन गर्ने भनेर अझै समन्वय भइसकेको छैन । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उहाँ सप्तरीको कुनै क्वरेण्टीनमा बसेको रेर्कड नभएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले यसबारे पुष्टि गरिसकेको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया