सुनसरीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप

 साउन ३, २०७७ शनिबार १२:२०:३२ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी – हरिनगरको घुस्कीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् ।

गएराति हरिनगर गाउँपालिकाको वडा नम्बर ७ घुस्कीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा गोली लागेर हरिनगरका २० वर्षीय सहजद जट अन्सारी घाइते भएका प्रहरीले जनाएको छ । यस्तै सशस्त्र प्रहरी जवान जीवराज बिसुन्खेको टाउकोमा चोट लागेको छ ।

हरिनगर गाउँपालिका ७ को घुस्कीमा भारतबाट आएका समूहले काममा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किएको थियो । बन्दुक पड्किंदा अन्सारीको पेटमा गोली लागेको सशस्त्र प्रहरीको नम्बर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिनुभयो ।

यसअघि हिजो पनि सुनसरीको देवानगञ्ज गाउँपालिका ३ पानीट्याङकीमा प्रहरी र भारतबाट आएका केही नागरिकबीच झडप भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया