प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ ।
गएको आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर अहिले आमाछोरीकै अवस्था सामान्य रहेको खबरमा उल्लेख छ ।
ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनलाई गएको हप्ता नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
भारतमा गएको २४ घण्टामा मात्रै ३४ हजार आठ सय ८४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १० लाख ३८ हजार नाघेकाे छ । भारतमा अहिलेसम्म २६ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणकाे कारण ज्यान गएको छ ।