कर्णाली प्रदेशमा नौ महिनामा बजेटको २५ प्रतिशत मात्रै खर्च
बैशाख ८, २०८१ शनिबार
पाल्पा – पाल्पामा रिडी खोला तर्ने क्रममा बेपत्ता भएका पुरुष मृत भेटिएका छन् ।
शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका ३ पट्टाचौरको रिडी खोला तर्ने क्रममा बेपत्ता भएका अर्घाखाँची सन्धिखर्क नगरपालिका ८ किमडाँडाका ४० वर्षीय देवबहादुर मुखिया शनिबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गुल्मी छत्रकोट गाउँपालिका ५ मनबाहाकको रिडी खेलामा मृत भेटिएका मुखियाको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।