पाल्पा–बुटवल सडक : फेरि थपियो नयाँ ठाउँमा पहिरो

 साउन ४, २०७७ आइतबार १०:२०:१९ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पा – बुटवल सडक अवरुद्ध छ ।

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन–८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो खसेपछि अवरुद्ध सडक खुल्न केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरो हटाउने काम तीव्र रुपमा भए पनि माथिबाट पहिरो खस्न नरोकिएकाले वैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रह गरेको छ ।

सडकको ‘बेस’लाई नै पहिरोले बगाएकाले पूर्ण रुपमा पहिरो हटाइ बाटो सञ्चालन हुन केही दिन लाग्ने प्रहरीको भनाइ छ ।

गौडेपुलमा गएको पहिरो हटाउने काम भैरहेको बेला आइतबार बिहान फेरि दोभान बजार नजिक पैठेडाँडामा ठूला ढुङ्गा सहितको पहिरो झरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया