पहिरोमा कालिकोटमा एक जनाको ज्यान गयो

 साउन ४, २०७७ आइतबार १०:२६:४१ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पचालझरना गाउँपालिका–३ को खाँदुमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय जङ्गलमा काठ चिरानी गर्न गएका ४६ वर्षीय ध्वजवीर कठायतको पहिरोमा परेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्यामबाबु ओलियाले बताउनु भयो । कठायतसँगै काठ चिर्न गएका मुनि बस्नेत भने घाइते हुनुभएको छ ।

घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । मृतक कठायतकी ६ छोरी छन् । उहाँकी श्रीमतीको २०६८ सालमा क्यान्सर रोगका कारण ज्यान गएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया