अहिलेसम्म ११ हजार ६९५ जना डिस्चार्ज, सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार ९२३ मात्रै

 साउन ४, २०७७ आइतबार २१:११:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ५६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । 

देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ५६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय र निको भएकासमेत गरी कोरोना पुष्टि हुनेको सङ्ख्या १७ हजार ६ सय ५८ रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमित पाँच हजार नाै सय २३ जना रहेका छन् । प्रदेश एकमा ७९ जना, प्रदेश दुईमा एक हजार आठ सय ८६, वाग्मतीमा चार सय १० जना, गण्डकीमा चार सय २८, प्रदेश पाँचमा चार सय ४७ जना, कर्णालीमा दुई सय ९६ जना र सुदूरपश्चिममा दुई हजार तीन सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । आजसम्म ११ हजार ६ सय ९५ जना निको भएर डिस्चार्ज भएको र यो कुल सङ्क्रमितको ६६ दशमलव २४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया