प्रदेश प्रहरी सेवा विधेयक सर्वसम्मतिले पारित, वाग्मतीमा प्रहरी भर्ना गर्ने बाटो खुल्यो

 साउन ४, २०७७ आइतबार १८:५६:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशमा प्रदेश सरकार मातहत प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । 

वाग्मती प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेसँगै प्रदेश सरकार मातहतको प्रहरी भर्ना गर्ने बाटो खुलेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले बताउनुभयो ।

प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेलले विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएकाे प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । त्यही बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी विधेयक पारित गरिएपछि कानुन मन्त्री जमरकट्टेलले कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनको साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकोमा खुसी व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • किशोरध्वज कार्की

    July 23, 2020, 8:24 p.m.

    पारित भएको विधेयक पढ्न पाए हुन्थ्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया