एकतर्फी खुल्याे पाल्पा–बुटवल सडक

 साउन ४, २०७७ आइतबार २०:१९:४४ | देव पचभैया
unn.prixa.net

पाल्पा – पहिराे खसेपछि बन्द रहेकाे  पाल्पा–बुटवल सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

गएकाे शुक्रबार रातिदेखि अवरुद्ध सडक आइतबार बेलुकी ६ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

अहिलेलाई एकतर्फी रुपमा सञ्चालनमा आए पनि पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला पनि फेरि बाटो बन्द हुन सक्ने जनाइएको छ । 

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ८ काे गौडेपुलमा ठूला ढुङ्गासहितको पहिरो गएपछि गएको शुक्रबार बेलुकीदेखि बाटो अवरुद्ध भएको थियो । 

बाटो खुलाउने प्रयास भइरहेका बेला आइतबार फेरि दोभान बजार क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो गएको थियो । पहिरो हटाउँदै अस्थायी रुपमा बाटो सञ्चालनमा आएको हो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया