पाल्पा–बुटवल सडक एकतर्फी खुल्याे

 साउन ५, २०७७ सोमबार १२:४०:१० | देव पचभैया
unn.prixa.net

फाइल फाेटाे

पाल्पा – पहिराेकाे कारण बन्द भएकाे पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ८ काेगौडेपुलमा खसेका ठूला ढुङ्गासहितको पहिरो हटाएपछि बिहान ११:४० बाट एकतर्फी रुपमा सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

याे सडकखण्डमा जुनसुकै बेला जहाँ पनि पहिरो खस्न सक्ने भएकाले सावधानीका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा–बुटवल सडकमा बेलुकी ८ देखि बिहान ६ बजेसम्मका लागि यात्रा गर्न रोक लगाएको छ । 

जोखिमपूर्ण यात्राबाट खतरा हुन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि त्याे समयमा यात्रा गर्न रोक लगाइएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया