७२ वर्षीय क्यान्सर पीडित काेराेनामुक्त

 साउन ५, २०७७ सोमबार १५:१७:४९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित ज्येष्ठ नागरिक कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त  हुनुभएको छ ।

लिखु गाउँपालिकाको सिंहदेवीका क्यान्सर पीडित पुरुषलाई क्यान्सरको समस्या जटिल बनेपछि अस्पतालबाट घर फर्काएपछि गरिएको परीक्षणमा कोरोना सङ्क्रमण देखिएको थियो । घरैमा चिकित्सकको निगरानीमा राखिएका उहाँमा साेमबार काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै काठमाण्डाै, बाग्लुङ तथा साउदी अरबबाट ओखलढुङ्गा फर्किएका चार जना पनि कोरोनामुक्त भएसँगै ओखलढुङ्गा जिल्ला नै कोरोनामुक्त भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लालाई कोरोनामुक्त बनाउने अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पछिल्लो २४ घण्टामा गरिएकाे परीक्षणमा दुई सय २६ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।    

अन्तिम अपडेट: बैशाख ७, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया