प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
नवलपरासी पूर्व – नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएकाे छ । बुलिङटार गाउँपालिका २ काे डाँडाझेरीमा मङ्गलबार बिहान पहिरोमा पुरिएर श्रीमान् श्रीमती ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार ज्यान गुमाउनेमा डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खिनिमाया नेपाली रहेका छन् ।
सुतिरहेको समयमा मङ्गलबार बिहान ४ बजेको समयमा पहिरोले घर पुरिँदा दुवै जनाको ज्यान गएकाे हो । पहिरोमा पुरिएका दुवै जनाकाे शव स्थानीयले निकालेका हुन् ।
यस्तै साेमबार राति विनयी त्रिवेणी गाउँपालिका ४ मा दुम्किबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप खहरे खोलाले बगाएको छ । पिकअप बगाए पनि मानवीय क्षति भने नभएको डीएसपी खाँणले जानकारी दिनुभयो ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।