च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
इलाम – इलामका एक सुरक्षाकर्मी र एक सरसफाइमा कार्यरत कर्मचारीमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे ।
इलाम नगरपालिकाको जिल्ला समन्वय समिति इलामको भवनमा बनाइएको क्वरेण्टीनमा खटिएका दुई कर्मचारीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरुको गएको साउन २ गते स्वाब सङ्कलन गरिएको थियो । ४० जनाको स्वाब सङ्कलन गरिएकाेमा दुई जनाको रिर्पोट पोजिटिभ आएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना पुष्टि भएका एक व्यक्ति क्वरेण्टीनबाहिर पसलसम्म पुगेको कन्ट्याक्ट ट्रेसिङ भएपछि पसलका चार व्यक्तिलाई समेत क्वरेण्टीनमा राखिएकाे छ । ३३ र ३७ वर्षका सङ्क्रमितलाई उपचारकाे लागि कोरोना अस्पताल मोरङको गोठगाउँ लगिएको छ । योसँगै इलाममा सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।
सङ्क्रमितमध्ये २२ जना पुरुष र चार जना महिला रहेका छन्, जसमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।