स्राेत नखुलेकाे १६ लाखसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

 साउन ८, २०७७ बिहिबार २०:२१:४८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई स्राेत नखुलेकाे १६ लाख  १३ हजार नाै सय ७५ रुपैयाँसहित पक्राउ गरेको छ ।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले खनाललाई अस्पतालबाटै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर भए पनि खनाल लामो समयदेखि अस्पतालको स्टोरकीपरको रुपमा काम गर्दै आएका थिए ।

रकमको स्रोत नखुलेको भन्दै विभिन्न पक्षसँग कमिसनबापत बुझेको रकम हुन सक्ने भन्दै अनुसन्धान थालिएको आयोगको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया