काेराेना सङ्क्रमणबाट पर्सामा एक जनाकाे मृत्यु

 साउन ९, २०७७ शुक्रबार १४:४१:१९ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । गएको बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ८५ वर्षीया वृद्धाकाे मृत्यु भएको वीरगञ्जकाे गण्डक अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

गएको बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारको लागि गण्डक अस्पतालमा बनाइएकाे कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा श्वासप्रश्वाससँगै मुटुको समस्या पनि रहेको डाक्टर सिंहले बताउनुभयो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया