वीरगञ्जकाे काेराेना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा काेराेना सङ्क्रमण पुष्टि

 साउन ९, २०७७ शुक्रबार २०:५७:२० | केसी लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पर्सा – वीरगञ्जकाे गण्डकमा रहेको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १७ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको शुक्रबार दिउँसाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । 

बारा जिल्लाको परवानीपुर गाउँपालिका ८ की १७ वर्षीया युवतीलाई बिहीबार बेलुका कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिनु भयो । 

कोभिड अस्पताल भर्ना गरिनु अघि उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको हो । 

अस्पतालमा आरडीटी परीक्षण गर्दा पाजेटिभ देखिएपछि उनलाई कोभिड अस्पतालमा सारिएको थियो । उपचारको क्रममा उनको मृत्युपछि आएको पीसीआर परीक्षणमा पनि कोरोरा भाइरसको सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार साँझ पीसीआर रिपोर्ट आएको हो ।

ती युवतीमा झाडापखला र छारे रोगको लक्षण देखिएको चिकित्सक सिंहले बताउनुभयो । शुक्रबार बेलुका आएको काेराेना परीक्षण रिपोर्टअनुसार पर्सामा थप ६ जनामा कोरोना भइरसको सङ्क्रमण पुष्टि भएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया