लेक लागेर एक जनाको ज्यान गयो

 साउन ११, २०७७ आइतबार १७:३६:४४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुकोे महाकुलुङ गाउँपालिका ३ छेस्कामकी भविकुमारी कुलुङको लेक लागेर ज्यान गएको छ ।

धार्मिकस्थल पाँचपोखरीमा पसल राख्न हिँडेकी कुलुङको लेक लागेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

वडा नम्बर ३ को वक्तमेलवा भन्ने ठाउँमा क्याम्प बनाएर बसेको समयमा लेक लोगेपछि घरतर्फ झर्ने क्रममा दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकुनन्द ईवा लिम्बुले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया