देशमै सबैभन्दा धेरै हिउँ चितुवा डोल्पामा, गणना गर्दा एक सय २...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – वरिष्ठ रङ्गकर्मी सुनील पोखरेल र गायक सुगम पोखरेललाई पितृ शोक परेको छ ।
पोखरेलका बुवा एकनाथ पोखरेलको शनिबार राति मोरङको मङ्गलबारेमा रहेको आफ्नै निवासमा निधन भएको हो । ८० वर्षका उहाँलाई दम, मधुमेहसँगै मुटुको पनि समस्या थियो । उहाँको आइतबार नै अन्त्येष्टि हुने परिवारका सदस्यले जनाएका छन् । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
कलाकार सुनील पोखरेल नेपाली नाट्य क्षेत्रमा सुप्रसिद्ध नाम हो । गुरुकुलका संस्थापक सुनील पोखरेल अभिनयमा सक्रिय हुनुहुन्छ हुने गायन क्षेत्रमा सुगम पोखरेलको छुट्टै पहिचान छ ।