दाङको बङ्गलाचुलीमा ३० घर पहिरोको जोखिममा, घर छाेडेर खेतमा पुगे स्थानीय

 साउन ११, २०७७ आइतबार २०:१४:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको पहाडी भेगमा पर्ने बङ्गलाचुली गाउँपालिकामा ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । 

यस वर्षको वर्षाका कारण पहिरो जाँदा बङ्गलाचुली गाउँपालिका ७ काे ढाव गाउँको ३० घर पहिरोको उच्च जोखिममा परेको हो । केही दिनअघिको वर्षाले ढावको केही घर भत्किएको छ भने केही घर भत्किने अवस्थामा छन् । यसै गरी केही घर पहिरोले बगाउने अवस्थामा पुगेको गाउँपालिकाले जनाएको छ । 

बस्ती नै पहिरोको जोखिममा परेपछि गाउँलेहरु अहिले खेतमा बनाइरहेकाे टाँडीमा बसेका छन् । कति बेला पहिरोले पुर्ने हो भन्ने डरले आफूहरु ज्यान बचाउन खेतको टाँडीमा बसेको स्थानीय मानबहादुर आलेले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया