पर्वतमा पहिरोकाे जोखिममा परेका १० घरलाई सुरक्षित ठाउँमा सार्न सिफारिस

 साउन १२, २०७७ सोमबार ९:१९:३० | रासस
unn.prixa.net

काठमाण्डौ - पर्वतको दुर्लुङ्गमा गएको पहिरोका कारण जोखिममा परेका १० घरलाई सुरक्षित ठाउँमा सार्न भू-गर्वविद्ले सिफारिस गरेका छन् । 

खानी तथा भूगर्व विभागको टोलीले पर्वतको कुस्मा नगरपालिका-३ दुर्लुङ्गको ढकालबारीमा रहेका १० घरलाई तत्काल सुरक्षित ठाउँमा सार्न सिफारिस गरेको हो । 

ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग तलतिर सरेको पाइएको छ । घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र पानीका मूलको व्यवस्थित निकास दिन पनि विज्ञको सुझाव छ ।

 भूगर्वविद् शिवकुमार बाँस्कोटाका अनुसार ढकालबारीमा पहिरो बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिन्छ । 

मनसुन सुरु भएलगत्तै गएकाे जेठ ३१ गते राति पर्वतको दुर्लुङ्गमा गएको पहिरोमा परि नौ जनाको ज्यान गएको थियो । पहिरोमा पूर्ण क्षति भएका दुई तथा आसपासका १० घर, काफलबोट र काउलेका ७ घर र ढकालबारीदेखि नुवारखोलासम्म रहेका घरहरू सुरक्षित ठाउँमा सार्न शहरी विकास मन्त्रालय मार्फत् काम सुरु गर्ने तयारी छ ।

 त्यसैगरी पहिरोलाई थप बढ्न नदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत् थप अध्ययन गरी काम अघि बढाइने पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया