डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको ज्यान गयो, चार जना बिरामी

 साउन १२, २०७७ सोमबार ११:१८:३८ | सीताराम ओझा

कैलाली - डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको ज्यान गएको छ । 

परिवारका अरु चार जना बिरामी भएका छन् । विषालु च्याउको तरकारी खाँदा नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ का ८ वर्षीय बालक ललित धामीको ज्यान गएको हो । 

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

त्यस्तै विषालु च्याउ खाएकी बालककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।   

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया