कैलालीमा ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 साउन १२, २०७७ सोमबार ११:४७:३३ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीमा ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । 

बौनियामा बिहान ट्रकको ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका-६ कि २६ वर्षकी सन्तोषी बोहोराको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

 ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । स्थानीय बासिन्दाले अवरोध गरेपछि गाडी र यात्रु बाटोमै राेकिएका छन् । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया