कालापानी, लिम्पियाधुरा आफ्नाे क्षेत्र दाबी गर्दै भारतले नेपाललाई पत्र पठायाे, 'अवैध प्रवेशकाे सूचना दिनुहाेस्'

 साउन १२, २०७७ सोमबार १४:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्र दाबी गर्दै भारतले नेपाललाई पत्र पठाएको छ । भारतको धार्चुला प्रशासनले ती क्षेत्रमा नेपालीको अवैध प्रवेश भइरहेको र त्यसबारेमा जानकारी गराउन भन्दै जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको हो ।

भारतले जुलाई १४ मा पठाएको पत्रमा विभिन्न नेपाली समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउन चाहेकोले त्यसबारे जानकारी गराउन नेपाललाई भनेको छ । तर आफ्नो भूभागमा गएको बारे अर्को देशलाई जवाफ दिइरहन नपर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले उज्यालोलाई बताउनुभयो ।

सुरक्षाका लागि व्यास गाउँपालिका १ गाँगामा २५ जना सुरक्षाकर्मीसहितको बीओपी स्थापना भएको र अरु ठाउँमा पनि स्थापनाको तयारी भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार तिङ्कर भञ्ज्याङमा बीओपी स्थापनाका लागि जग्गा पहिचान भएर टेण्डर प्रक्रिया सुरु भइसकेको छ भने माथिल्लो पौवामा जग्गा पहिचान गर्न सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया