नेपालमा काेराेनाबाट थप तीन जनाकाे मृत्यु

 साउन १२, २०७७ सोमबार १६:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएकाे छ । पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको साेमबार मृत्यु भएकाे मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ४८ पुगेको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया