बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा कोरोना सङ्क्रमण

 साउन १२, २०७७ सोमबार १९:२:१० | सीताराम ओझा
unn.prixa.net

कैलाली – बैतडीमा बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ ।

पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार उनीसहित सोमबार बैतडीमा थप सात जनामा कोरोना पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयाे । सात जनामध्ये एक जना सुत्केरी महिलासमेत रहेको भट्टले जानकारी दिनुभयाे । पाटन नगरपालिकाकी ती सुत्केरीले आइतबार मात्रै शिशु जन्माएकी थिइन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया