मुस्ताङमा घर भत्किँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

 साउन १२, २०७७ सोमबार १९:२२:१९ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ – भारी वर्षाका कारण मुस्ताङमा घर भत्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।   

सोमबार बिहान घर भत्किएर पुरिँदा थासाङ गाउँपालिका ४ न्याउरीबोटमा १७ वर्षीय निशान तुलाचनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै ७० वर्षीय रणबहादुर गौचन भने घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

घाइते गौचनको टाउको, हात र कानमा चोट लागेको छ र उनकाे लेते स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नाताले तुलाचन र गौचन नाती–बाजे हुन् ।

पुरानो तथा जीर्ण र ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर अत्यधिक वर्षाले गर्दा भत्किएको प्रजिअ अर्यालको भनाइ छ । घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया