दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ

 साउन १३, २०७७ मंगलबार ९:५९:१५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ परेका छन् । 

घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कमा रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

रोल्पा नगरपालिका-१० का आकाश विक, जितकुमार विक, थवाङ गाउँपालिका-५ कि कमला घर्ती, परिवर्तन गाउँपालिका-४ कि जुनु बुढा, सल्यान बनगाढ नगरपालिका-१२ का २८ वर्षका डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिकाका सन्तोष गुरुङलाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभयो । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ । 
 

अन्तिम अपडेट: चैत १९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया