बाढी पहिरोमा परि चार जनाको ज्यान गयो

 साउन १३, २०७७ मंगलबार १२:९:४६ | रासस
unn.prixa.net

बागलुङ - बागलुङको विभिन्न ठाउँमा पहिरोमा परि चार जनाको ज्यान गएको छ । 

सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका-२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको ज्यान गएको हो । 

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक भने गम्भीर घाइते हुनुभएको छ ।

उहाँलाई उपचारका लागि अस्पताल पठाइएकाे छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो।

त्यस्तै निसीखोला गाउँपालिका-१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परेर अन्दाजी पाँच वर्षीय समिर परियारको ज्यान गएको प्रनाउ रेग्मीले बताउनुभयो । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया