नेपालमा ३ हप्तायताकै धेरै सङ्क्रमित भेटिए

 साउन १३, २०७७ मंगलबार १७:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा गएको असार १९ गतेपछि पहिलो पटक एकैदिन धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

असार १९ गते एकैदिन सात सय ४० जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएकोमा त्यसपछि दैनिक दुई सयभन्दा थोरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि हुँदै आएको थियो । साउन १३ गते मङ्गलबार एकैदिन तीन सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काेराेना परीक्षणकाे दायरा पनि बढ्दै गएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

पछिल्ला दिनमा परीक्षणको सङ्ख्या निकै घटाएको मन्त्रालयले चौतर्फी विरोध भएपछि पछिल्लाे २४ घण्टामा परीक्षणकाे सङ्ख्या केहीले बढाएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया