अस्ट्रेलिया आगलागी : 'झण्डै ३ अर्ब जीवजन्तु प्रभावित'

 साउन १३, २०७७ मंगलबार २२:११:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाकाे जङ्गलमा लागेको भीषण आगलागीमा परि झण्डै तीन अर्ब जनावर मरेका वा विस्थापित भएकाे वैज्ञानिकले बताएका छन् ।

अस्ट्रेलिया युनिभर्सिटका वैज्ञानिकले आधुनिक इतिहासमा नै वन्यजन्तुका लागि सबैभन्दा खराब अवस्थामध्ये यो एक भएको बताएकाे बीबीसीले जनाएको छ । वर्ल्ड वाइड फण्ड फर नेचर 'डब्ल्यूडब्लू्यूएफ' ले आगलागीको चपेटामा धेरै स्तनधारी, घिस्रने जनावर, पंक्षी र भ्यागुता परेकाे जनाएकाे छ । 

गएको वर्ष लागेको यो डढेलोमा परी ३३ जना मानिसको पनि ज्यान गएको थियो । डढेलोका कारण सबैभन्दा बढी न्यु साउथ वेल्स र भिक्टोरिया पीडित बन्यो भने क्युन्सल्यान्ड, दक्षिण अस्ट्रेलिया, तास्मानिया र पश्चिम अस्ट्रेलियासमेत चपेटामा परे ।

सङ्कटको बेला वैज्ञानिकले न्यू साउथ वेल्स र भिक्टोरियामा एक अर्ब २५ करोड जनावर मरेकाे हुन सक्ने अनुमान गरेका थिए । तर यो अनुमान विपरीत हुने गरी डढेलो फैलिएपछि अनुमान गरेभन्दा धेरै वन्यजन्तु मरेकाे खबरमा उल्लेख छ । आगलागीपछि वन्यजन्तुले खाना र आश्रयका लागि सङ्घर्ष गरिरहेकाे बीबीसीमा उल्लेख छ ।

अस्ट्रेलिया सरकारले आगलागीपछि एक सय प्रजातिका जनावरको पहिचान गरी उनीहरलाई तत्काल सहयोगको आवश्यक्ता रहेको बताएको थियो । जङ्गल र घाँसे मैदानमा आगलागी हुँदा वन्यजन्तुले ३० प्रतिशत बासस्थान गुमाएका थिए । अस्ट्रेलियाको जङ्गलमा भएकाे आगलागीमा बाँचेका जनावरका लागि खानका लागि केही पनि नबचेको विश्लेषकले बताएका थिए ।

यस्तै विशेषज्ञले आगलागीबाट निस्केकाे धुवाँको मुस्लोका कारण चार सय ४५ भन्दा धेरै वन्यजन्तु मारिएकाे पनि बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया