पहिरोले घर पुरिँदा दाङमा आमा छोरीको ज्यान गयो

 साउन १४, २०७७ बुधबार ८:२९:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएकाे पहिरोमा पुरिँदा गएराति दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बंगलाचुली गाउँपालिका वडा-५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् । 

बुधबार बिहान ३ बजेतिर घरमाथिको  कान्ला भत्केर घर पुरिँदा उनीहरुको ज्यान गएको हाे । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया