इरानले अमेरिकाकाे 'डमी' युद्धपाेतलाई क्षेप्यास्त्रले उडायाे

 साउन १४, २०७७ बुधबार १३:१७:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इरानले क्षेप्यास्त्रको अभ्यासको क्रममा अमेरिकी युद्धपोतको डमीलाई उडाएको छ । 

यो रणनीतिक रुपमा निकै महत्त्वपूर्ण मानिँदै आएको स्ट्रेट अफ् होरमुजमा गरिएको हो, यसले फारसको खाडीलाई ओमानको खाडीसँग जोड्छ । 

यो अभ्यासमा यति धेरै आगोको लप्का निस्किएको थियो, जसका कारण अमेरिकी सेनाले आफ्नो दुई क्षेत्रीय शिविरलाई अलर्ट मोडमा राखेको थियो । 

अमेरिकी सेनाले भने इरानको यो अभ्यास गैरजिम्मेवार र लापर्वाहीयुक्त भएको बताएको छ । 

अमेरिकी जलसेनाका अनुसार इरानको तर्फबाट यो उक्साउने र कारबाही गर्नको लागि बाध्य गर्ने कदम जस्तै थियो । 

खाडी क्षेत्रमा तेहरान र वाशिङ्टनबीच तनाव लगातार बढिरहेको बेला इरानले क्षेप्यास्त्रको अभ्यास गरेको हो । 

इरानको सरकारी टेलिभिजनका अनुसार अभ्यासको नाम पेगम्बर मोहम्मद १४ औँ राखिएको थियो । 

अमेरिकी युद्धपोतको डमी खाडीमा तैनाथ गरिएको जस्तो देखिन्थ्यो । यो डमी युद्धपोतमा डमी फाइटर जेट विमान पनि तैनाथ थियो । यो युद्धपोतमा विभिन्न कोणबाट मिसाइल प्रहार भएको थियो । 

युद्धपोतमा हेलिमकप्टरमार्फत पनि क्षेप्यास्त्र प्रहार भएको थियो, जुन युद्धपोतको एक किनारमा ठोकिएको थियो । 

आक्रामक अभ्यासलाई लिएर अमेरिकी प्रतिक्रिया

इरानको रेभ्युल्युशनरी गार्ड्सका कमाण्डर मेजर हुसेन सालामीले सरकारी टेलिभिजनसँग भने, ‘यो अभ्यासमा हाम्रो वायुसेना र जलसेनाको आक्रामक शैली देखियो ।’

अमेरिकी सेनाका अनुसार यो अभ्यासमा ब्यालेस्टिक मिसाइलमार्फत पायरिङ गरिएको थियो, जसका कारण संयुक्त अरब इमिरेट्स र कतारमा अमेरिकी युनिटलाई अलर्ट गरिएको थियो । 

अमेरिकी जलसेनाको बहराइनमा रहेको पाँचौँ फ्लिटका प्रवक्ता रेबेका रेबारिचले जलसेना सुरक्षाको बढावा दिन अमेरिकी जलसेनाले आफ्ना सहयोगीसँग रक्षात्मक अभ्यास गर्दै आएको तर इरानको अभ्यास आक्रामक भएको बताए ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया