राष्ट्र बैंकमा टिकटक बनाउन रोक, अटेर गरे विभागीय कारबाही

 साउन १४, २०७७ बुधबार १७:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कार्यालयमा अनुशासनहीनता बढेको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।

राष्ट्र बैंकमा कार्यरत कर्मचारीले कार्यालयमै टिकटक बनाउने, बैंकका नीति तथा कार्यक्रममाथि सामाजिक सञ्जालमा अनावश्यक र नकारात्मक टिप्पणी गर्ने र आफूखुसी 'वेबी' नारमा भाग लिने क्रम बढेको भन्दै राष्ट्र बैंकले ध्यानाकर्षण पत्र नै जारी गरेको छ ।

अब वेबीनारमा भाग लिने र प्रस्तुतीकरण दिने, लाञ्छनायुक्त भाषा प्रयोग गरेर सामाजिक सञ्जालमा लेख्ने, टिकटक बनाउने जस्ता क्रियाकलाप गरेमा राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ अनुसार विभागीय कारबाही हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

वेबीनारमा भाग लिनु परेमा, प्रस्तुतीकरण दिनु परेमा, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जानकारी दिनु परेमा अनुमति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया