वीरगञ्जमा काेराेनाबाट थप एक जनाकाे मृत्यु

 साउन १४, २०७७ बुधबार १८:१०:३९ | केसी लामिछाने
unn.prixa.net

पर्सा – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्जकाे गण्डक अस्पतालमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको र पीसीआर परीक्षणमा रिपाेर्ट पाेजेटिभ आएकाे डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

उहाँको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा अहिलेसम्म एक भारतीयसहित सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या ५० पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया