वीरगञ्जमा काेराेना सङ्क्रमित अर्का एक जनाकाे मृत्यु

 साउन १४, २०७७ बुधबार २०:१५:२० | केसी लामिछाने
unn.prixa.net

पर्सा – कोरोना भाइरसको सङ्क्रमणबाट वीरगञ्जमा ७१ वर्षीय एक वृद्धको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा बुधबार दिउँसो  मृत्यु भएको हो ।

उहाँको  मृत्युपछि आएको रिपोर्टमा  कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।  

मिर्गाैला र निमोनियाको समस्याबाट पीडित वृद्ध पखाला लागेका कारण अस्पताल भर्ना हुनु भएको थियो । कतिपय अस्पतालले भर्ना लिन नमानेपछि उहाँ मेडिकल कलेजमा पुग्नु भएको थियो ।

उहाँको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकाे थियो । 

वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा‍क्टर असरफ हुसैनले जानकारी दिनुभयो  । यसअघि वीरगञ्जमा बुधबार बिहान ६८ वर्षीय वृद्धको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।   

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या ५१  पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया