नारायणगढ–मुग्लिन सडकमा गाडी गुडाउँदा पैसा तिर्नुपर्छ

 साउन १५, २०७७ बिहिबार २०:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत अब शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत शुल्क लिने निर्णय गरेको हो ।

नियमित सडक मर्मत सम्भारका लागि भन्दै दुई प्रकारको शुल्क लिने निर्णय भएको अर्थ तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

हलुका गाडीका लागि प्रतिटिप २५ रुपैयाँ  र भारी गाडीका लागि ५५ रुपैयाँ तोकिएको छ । यो सडक प्रयोग गरेबापत भदौ १ गतेदेखि शुल्क लिइने सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले  जानकारी दिनुभयो ।

मोटरसाइकल र स्कुटरले भने शुल्क तिर्नु नपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया