भारतमा १० लाखभन्दा धेरै सङ्क्रमणमुक्त भए

 साउन १५, २०७७ बिहिबार २०:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत – भारतमा लगभग सबै क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढिरहँदा १० लाखभन्दा धेरै सङ्क्रमणपछि निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १० लाख २० हजारभन्दा धेरै कोरोना सङ्क्रमणपछि निको भएका हुन् । गएको अप्रिलमा सङ्क्रमणपछि निको हुने दर मात्र सात दशमलव ८५ प्रतिशत रहेकोमा बिहीबारसम्म बढेर ६४ दशमलव चार प्रतिशत पुगेको बीबीसीले जनाएको छ । 

भारत सरकारका स्वास्थ्य सचिव राजेश भूषणले बिहीबार यो जानकारी दिँदै डाक्टर, नर्स र अग्रपङ्क्तिमा खटिएका कर्मचारीको अथक प्रयासबाट यो सम्भव भएको बताएका छन् । 

यसैबीच भारतमा बिहीबार ५० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ, एकैदिनमा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ लाख नाघेको छ । ३५ हजारभन्दा धेरैको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया