वीरगञ्ज महानगर प्रमुखलाई कोरोना सङ्क्रमण, छिट्टै निको भएर फर्कने विश्वास

 साउन १६, २०७७ शुक्रबार ६:५०:५१ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना सङ्क्रमण देखिएको छ । 

काम विशेषले काठमाण्डौ आएका महानगर प्रमुखलाई बाटोमा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि उहाँले आफू आइसोलेशनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । 

आफूले वीरगञ्ज बासीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन हर-सम्भव प्रयास गरे पनि समुदायस्तरमै फैलिएको र आफू पनि सङ्क्रमित भएको बताउनुभएको छ । उहाँले समयमा नै एक घर एक परीक्षण अभियान हुन नसक्दा नै वीरगञ्जमा कोरोना सङ्क्रमण फैलिएको दाबी गर्नुभयो । 

उहाँले अब पालिकाले मात्रै कोरोना सङ्क्रमण नियन्त्रण गर्न नसक्ने भन्दै सङ्घीय र प्रदेश सरकारलाई ठोस योजना ल्याउन आग्रह पनि गर्नुभयो । 

यस्तै वीरगञ्ज महानगरपालिकाका प्रमुख सरावगीले आफू कोरोना जितेर फेरि नागरिकको सेवामा फर्कने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया