जिल्ला प्रशासन काठमाण्डौमा फरक-फरक बारमा फरक-फरक पालिकाको काम

 साउन १६, २०७७ शुक्रबार ११:२९:१ | रासस
unn.prixa.net

काठमाण्डौ - कोभिड-१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फरक-फरक बारमा फरक-फरक पालिकाका नागरिकलाई सेवा दिने भएको छ । 

आउँदाे साउन १८ गतेदेखि लागू हुने गरी याे निर्णय गरिएको कार्यालयले जनाएको छ । आइतबार र बिहीबार काठमाण्डौ महानगरपालिकाका नागरिकले सेवा पाउनेछन् । यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका नागरिकले सेवा पाउनेछन् । 

यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन् ।  

यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ । शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न याे नियम लागू गरिएको जनाइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया