पाटन अस्पतालमा उपचार गराइरहेकी काेराेना सङ्क्रमित महिलाकाे मृत्यु

 साउन १६, २०७७ शुक्रबार १३:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । उहाँको शुक्रबार बिहान ज्यान गएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टि गर्नु भएको हो ।

अस्पतालका निर्देशक शर्माका अनुसार अस्पतामा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएकाे हो । अस्पतालका निर्देशक शर्माका अनुसार कोरोना सङ्क्रमणसँगै ती महिलालाई उच्च रक्तचापकाे समस्या पनि थियो ।

गएको ६ गते अस्पताल भर्ना भएकी उहाँको स्टार अस्पतालमा कोरोना परीक्षण भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

वीरगञ्जबाट काठमाण्डाै आएसँगै उहाँमा रुघाखोकीलगायतकाे समस्या देखिएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया