काठमाण्डाैका विभिन्न ठाउँबाट 'इनफ इज इनफ' का अभियन्ता पक्राउ

 साउन १६, २०७७ शुक्रबार १५:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैका विभिन्न ठाउँबाट इनफ इज इनफका अभियान्ताहरु पक्राउ परेका छन् । 

दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियान्ताहरु पक्राउ परेकाे अभियन्ता रविक उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो । पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत छन् । 

सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको उपाध्यायको भनाइ छ । उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै थिए ।

कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले लगातार सरकारको विरोध गर्दै आएका छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनकाे व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत मागसहित उनीहरु १४ दिनदेखि सत्याग्रहमा छन् ।

पक्राउ परेका अभियन्ताहरुलाई महाराजगञ्जमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Samir sharma

    July 31, 2020, 8:22 p.m.

    रञ्जु दर्शना तपाइले गर्ने हरेक कार्य ले अब जनताको मन जित्न सक्दैन जुन दिन मिक्ष्र सँग झगडा गरि पार्टि फुुटाउनु भयो

  •  0 Reply

तपाईको प्रतिक्रिया