भारतमा एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण, ७ सय ६४ को ज्यान गयो

 साउन १७, २०७७ शनिबार १२:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्याले दिनकै रेकर्ड बनाउँदै गएको छ । 

त्यही क्रममा हिजो एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार भारतमा अहिले १६ लाख ९५ हजार ९ सय ८८ जनामा कोरोना सङ्क्रमण भएको छ । 

जसमध्ये ५ लाख ६५ हजार १ सय ३ जनाको उपचार चलिरहेको छ । बाँकी १० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।  यस्तै हिजोमात्रै ७ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । 

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ५ सय ११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया