श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलमाथि कर्मचारीद्वारा हातपात

 साउन १७, २०७७ शनिबार १६:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कार्यालयकै कर्मचारीले हातपात गरेका छन् ।

ड्युटीको विषयमा कुरा नमिल्दा दुई जना महिला कर्मचारीले बिहान ११ बजेतिर कार्यकक्षमै उपसचिव सञ्जेललाई हातपात गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुई महिला कार्यालय सहयोगीको पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै पक्षलाई बोलाएर छलफल भइरहेको मोरङ प्रहरीको भनाइ छ । आफूमाथि २ जनाले कुटपिट गरेको भन्दै उपसचिव सञ्जेलले प्रहरीलाई बोलाएपछि तत्कालै प्रहरी श्रम कार्यालय पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया