राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
पर्सामा एक जना महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनु भएकी वीरगञ्ज महानगरपालिका १६ की ५० वर्षीया महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
उहाँको उपचारको क्रममा हिजो बिहान ज्यान गएको थियो । उहाँको ज्यान जानुभन्दा पहिले नै स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।