सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 साउन १८, २०७७ आइतबार ७:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो बेलुकी लालबन्दी नगरपालिका-१७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका-५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका-७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २-०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ती व्यक्तिको भने परिचय खुलेको छैन । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया