पहिरोका कारण डाेटीमा ३५ घरपरिवार विस्थापित

 साउन १८, २०७७ आइतबार ११:१६:११ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको सायल गाउँपालिका-२ भुर्केलाका ३५ परिवार विस्थापित भएका छन् । गाउँमाथि र तलबाट नै पहिरो आएपछि ३५ परिवार विस्थापित भएका हुन् । 

लगातार परेकाे पानीका कारण पहिरोले गाउँ नै जोखिममा पारेपछि घर छोडेर गाउँमाथिको अग्लो डाँडामा पाल टाँगेर बस्नुपरेको स्थानीय धर्मराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही दिन यतादेखि परेको पानीले गाउँमाथि र तल पहिरो गएकाे छ । बस्ती नै पहिरोले बगाउने डर भएपछि ३५ परिवार विस्थापित​ भएका हुन् ।’

भुर्केला गाउँको चारैतिर पहिरो झरेकाले स्थानीयबासीमा त्रास उत्पन्न भएको अर्का स्थानीय तेज डुम्रेलले जानकारी दिनुभयो । 

गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले गाउँबासीलाई सुरक्षित ठाउँमा सार्नु पर्ने स्थानीयको माग रहेको छ ।  विस्थापित भएकाहरु रातभरि जागै बस्ने गरेका छन् । गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने भन्दै उनीहरुले सुरक्षित ठाउँमा सार्न माग गरेका छन् । 

 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया